काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरमा आफू र आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्।लाइन बस्न आग्रह गर्दा सेन्टरमा खटिएका सुरक्षागार्डलाई पक्राउ गरेपछि चौतर्फी आलोचनाको शिकार भएका मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफ्नो बचाउ गरेका हुन्। त्यो घटना लाइनमा बस्न नमानेर नभएको दाबी गर्दै श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकार