देशका बिभिन्न ठाउँमा अन्न बाली क्षति गर्दै आएको सलह किरा उदयपुरमा पनि देखा परेको छ । पछिल्लो ३/४ दिनयता उदयपुरका बिभिन्न गाँउ तथा नगरपालिकामा सलह किरा देखा परेपछि त्यसबाट बँच्ने उपायबारे सचेत गराउन थालिएको छ ।
पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँकाे भनाइ यस्तो छ :
थोरै सङ्ख्यामा मात्र सलह देखिएकाले तत्काल नेपाल छिर्ने सम्भावना छैन । गएको वर्षजस्तो ठूलो सङ्ख्यामा नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । भारतकै उत्तरप्रदेशमा पनि देखिएको कुराहरु बाहिर आएका भए पनि सलह किर...
१३ जेठ, काठमाडौं । गत हप्ता ‘ताउते चक्रवात’ आएपछि पाकिस्तान र भारतका मुरुभूमिमा सलह किराको वंश वृद्धि हुँदैछ । योसँगै नेपालमा फेरि सलहको झुण्ड आउन सक्ने खतरा रहेको भन्दै सतकर्तासहित पूर्वतयारी थालिने भएको छ। विश्व खाद्य कार्यक्रमले प्रकाशित गर्ने सलहबारेको नियमित रिपोर्ट अध्ययन गरेपछि विज्ञहरुले गत वर्षजस्तै नेपालमा सलह आउनसक्ने जोखिम रहेको ठहर गरेका छन् […]
अफ्रिकी मुलुक माडागास्करमा सुक्खाका कारण भोकमरीको स्थिति छ ।
त्यसले गर्दा हजारौं मानिस घाँसपात र सलह खाएर भोक मेटाउन बाध्य भएका छन् । सुक्खा र धूलोयुक्त आँधीका कारण सबै अन्नपात नष्ट भएका छन् ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको वरिष्ठ निर्देशक अमेर दाऊदीले मलागासी भन्ने ठाउँमा बालबालिकाको जिन्दगी संकटमा परेको चेतावनी दिएका छन् । विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा कुपोषण चिन्ताजनक स्तरमा पुगेको छ ।
माडागास्कर संसारको सबभन्दा गरीब देशमध्ये एक हो । त्यहाँ स्वास्थ्य, रोजगार, गरी...
कृषिबाली नष्ट गर्ने सलह कीराको झुन्ड इलाममा पनि देखिएको छ। भारतीय सीमावर्ती सूर्याेदय नगरपालिका–१, तल्लो धजेमा बिहीबार दिउँसो सलह आइपुगेको हो। स्थानीय किसानका अनुसार बिहान १० बजेतिर किसान मेलामा निस्किँदा चिया, इस्कुस र मकैको बोटमा सलह कीरा देखिएको हो।
बैतडी : भारत हुँदै नेपाल पसेको सलह किरा सुदूरपश्चिममा पनि पुगेको छ। पहाडी जिल्ला बैतडी, डडेल्धुरा र तराईको जिल्ला कैलालीमा सलह देखिएको हो। यसअघि तराईका जिल्लामा प्रवेश गरेको सलह किरा बुधवार पहाडी जिल्लामा बैतडीमा देखिएको छ।
बैतडीको पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएको हो। पाटन नगरपालिका–१ मा सलह देखिएक...
काठमाण्डौ – सलह किरा नेपालका विभिन्न जिल्लामा फैलिन थालेको छ । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाण्डौ उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो । आज दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह भेटिएको हो ।
चितवनको कालिका र खैरहन...