माडागास्करमा भोकमरीको स्थिति, मानिसहरू घाँस र सलह खान बाध्य

अफ्रिकी मुलुक माडागास्करमा सुक्खाका कारण भोकमरीको स्थिति छ ।  त्यसले गर्दा हजारौं मानिस घाँसपात र सलह खाएर भोक मेटाउन बाध्य भएका छन् । सुक्खा र धूलोयुक्त आँधीका कारण सबै अन्नपात नष्ट भएका छन् ।  संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको वरिष्ठ निर्देशक अमेर दाऊदीले मलागासी भन्ने ठाउँमा बालबालिकाको जिन्दगी संकटमा परेको चेतावनी दिएका छन् । विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा कुपोषण चिन्ताजनक स्तरमा पुगेको छ ।    माडागास्कर संसारको सबभन्दा गरीब देशमध्ये एक हो । त्यहाँ स्वास्थ्य, रोजगार, गरी...