पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँकाे भनाइ यस्तो छ :
थोरै सङ्ख्यामा मात्र सलह देखिएकाले तत्काल नेपाल छिर्ने सम्भावना छैन । गएको वर्षजस्तो ठूलो सङ्ख्यामा नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । भारतकै उत्तरप्रदेशमा पनि देखिएको कुराहरु बाहिर आएका भए पनि सलह किर...