काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका– ४ ले आज आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावीसमेत गरे।