राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री मुकुल ढकालले आफ्नो निष्कासन प्रक्रिया अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा आफ्नो पदको वैधानिकता दाबी गरेका छन् । ढकालले रास्वपाको अवैधानिक बैठकले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने निर्णय गरेको उल्लेख गर्दै उनले आयोग पुगेर उक्त निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत भएको दाबी गरेका हुन् ।