दुईओटा बजेटमा राखिएको कार्यक्रम अझै अलपत्र

काठमाडौं । सरकारले नवप्रवर्तनलाई प्रोत्साहित गर्ने भनी यस अघिका २ आर्थिक वर्षमा घोषणा गरेको एक कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । नवप्रवर्तन कार्यअन्तर्गत नयाँ प्रविधिको माध्यमबाट कम समय, कम लागत तथा कम स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने उद्यमी छनोट गरी सरकारले पहिलो वर्षमा अनुदान दिने भन्यो, त्यसपछिको बजेटमा अनुदानको सट्टा २ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले स्टार्टअप बिजनेश गर्नेलाई प्रोत्साहन गर्नेगरी घोषणा गरेको उक्त कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आएको छैन । कार्यान्वयनको जिम्मा पाएको अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग नै कार्यक्रम कसरी कार्यान्वयनमा लैजाने भन्नेमा नै अलमलिरहेका छन् । पहिला अनुदानमा आधारित यो कार्यक्रम लागू गर्ने बताएपछि अनुदानका लागि करीब ७०० ले आवेदन दिए । तर, त्यसपछिको बजेटमा २ प्रतिशत ऋणको मोडालिटीमा कार्यविधि आयो । पुराना आवेदनबारे अझैसम्म निर्क्योल हुन सकेको छैन । अनुदानका लागि भन्दै २ वर्षअघि सरकारले आवेदन खुलाएका बेला झापा गौरादहका भूपालमान कार्कीले नयाँ सोचसहितको प्रस्ताव पेश गरे पनि अहिलेसम्म राज्यबाट केही सुनुवाइ नभएको बताए । ‘राज्यले हामीलाई ढाँट्यो, अहिलेसम्म केही हुन सकेन ।’ पहिलाको आवेदन अलपत्र पारेको सरकारले नवप्रवर्तनात्मक कुनै योजना अघि बढाउन अनुदान दिने कार्यविधि परिवर्तन गरी ५० करोड बराबरको कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउने भन्यो । तर, अहिलेसम्म नयाँ आवेदन माग गरिएको छैन । दोलखा जिल्ला स्थायी घर भई हाल काठमाडौं बस्दै आएका हरि बस्नेत नयाँ आवेदन दिन प्रस्ताव तयार गरेर बसे पनि आफूले दिन नपाएको बताउँछन् । कार्यक्रम कार्यान्वयनको संयोजन गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मा दिइएको थियो । आयोगको संयोजनमा एउटा समितिसमेत बनाउने गरी गतवर्ष कार्यविधि ल्याइएको थियो । तर, कर्जा प्रवाहको मोडालिटीबारे आयोग अझै स्पष्ट छैन । ‘कहिले अनुदान, कहिले ऋण बनाइयो, यसैले गर्दा पनि कार्यान्वयन गर्ने निकायहरूबीच समझदारी बन्न सकेन, अहिले स्पष्ट मोडालिटीको अभावमा कार्यक्रम अघि बढाउन सकेका छैनौं,’ योजना आयोगका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार नयाँ आवेदन लिने विषय पनि टुंगिएको छैन भने उद्योग र अर्थ मन्त्रालयबीच कार्यक्रम कार्यान्वयनको तालमेल नमिल्दा कार्यक्रम कार्यान्वयन अलपत्र परेको छ, तर यो कुरा मान्न उद्योग मन्त्रालय तयार देखिँदैन । उद्योग सचिव अर्जुनप्रसाद पोखरेलका अनुसार उद्योग मन्त्रालयको प्रस्तावमा बजेटमा यो कार्यक्रम आएको होइन । कार्यक्रम कार्यान्वयन गर्ने समितिमा उद्योग मन्त्रालयलाई समेत राखिएको छ । तर, कहिले अनुदान, कहिले ऋण भन्दै कार्यक्रमलाई अन्योलमा राखिँदा कार्यान्वयन हुन ढिलाइ भएको उनी बताउँछन् । ‘कार्यक्रम कार्यान्वयन गर्न प्रतिबद्ध छौं, व्यावहारिक पक्ष मिलाई कोरोनापछि कार्यान्वयनमा लैजानुपर्छ,’ उनले अभियानलाई बताए । श्रमविज्ञ डा. गणेश गुरुङ कोरोना महामारीका कारण सरकारले चालेका कदमहरूबाट धेरैको रोजीरोटी गुमेका बेला रोजगारी सृजना गर्ने यस्ता खालका कार्यक्रम कार्यान्वयनमा नल्याइनु दुर्भाग्य भएको बताउँछन् । मिल्न बाँकी विषयलाई तत्काल सम्बोधन गरी सरकारले यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

बजेट रोकिएपछि बीचमै अलपत्र

चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेटको मुख्य उद्देश्य मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेका थिए । चालु वर्षलाई आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष बनाउने भनेका थिए । यसका लागि उनले बजेटमा दर्जनौं कार्यक्रम पनि ल्याए । तीमध्येको एक थियो– आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम । कृषिमा आत्मनिर्भर बनाउने […]

नयाँ प्रशासन कानुन जारी गर्न अझै जालझेल, संघीय निजामती सेवा विधेयक सधैं अलपत्र

काठमाडौं, जेठ २१ । वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिवद्धता जारी गरे पनि त्यससम्बन्धी गृहकार्यलाई तीव्रता दिन सकेको छैन । यसो त प्रत्येकजसो सरकारले यसअघि पनि नीति तथा कार्यक्रम र बजेटमा संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिवद्धता जनाउने गरेका थिए । विगत पाँच वर्षदेखि […]

अलपत्र किसान पेन्सन योजना

पछिल्ला आठ वर्षदेखि सरकारले हरेक नीति तथा कार्यक्रम र बजेटमा किसान पेन्सन योजना समेट्छ, तर

उद्योगमा सडक र विद्युत आफैं बनाए ७५ शोधभर्ना

सरकारले औद्योगिक पूर्वाधार संरचना निर्माणमा निजी क्षेत्रलाई संलग्न गराई शोधभर्ना दिने कार्यक्रम अघि बढाएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएको यो कार्यक्रम आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा बल्ल कार्यान्वयन सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय झन्डै ८ महिना मन्त्रीविहीन हुँदा अलपत्र परेको यो कार्यक्रम नयाँ मन्त्रीको पद बहालीसँगै […]

पर्यटनका घोषित कार्यक्रम कार्यान्वयन भएनन्

कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारले बजेटमा नै व्यवस्था गरेर पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भने पनि कार्यान्वयनमा आउन सकेन । यसअघिको सरकारले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बजेटमार्फत कर्मचारीलाई पर्यटन काज बिदादेखि विदेशी पर्यटकलाई १ महिना भिसा शुल्क निःशुल्क गर्ने योजना ल्याएको भए पनि कार्यान्वयन गर्न नसक्दा अलपत्र परेको छ […]

बजेटका उद्योगसम्बन्धी कार्यक्रम कागजमै सीमित

सरकारले बढ्दो व्यापार घाटा कम गर्न तीन महिनाभित्र योजना निर्माण गरी क्षेत्रगत कार्यान्वयन गर्ने बताए पनि कार्यक्रम सबै अलपत्र परेका छन् । आयातनिर्यातको खाडल बर्सेनि बढ्न थालेपछि रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्ने, अनुदान दिने, सस्तोमा ऋण प्रवाह गर्ने, स्वदेशमै पेट्रोलियम पदार्थको उत्खनन गर्नेदेखि स्वदेशमै खाद्यवस्तुको उत्पादन बढाएर मूल्यवृद्धि नियन्त्रणलगायत दर्जनौं कार्यक्रम सार्वजनिक भएका थिए । बजेटमा यी सबै कार्यक्रम घोषणा भए पनि धेरैजसो अलपत्र छन् ।

शैक्षिक सुधार कार्यक्रम अलपत्र पर्ने त होइन ?

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेटमा विगतभन्दा कम विनियोजन गरेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएको छ ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ ।  यसअघि पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटमार्फत् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउनु...

राजमार्गमा विमान कार्यक्रम अलपत्र

काठमाडौं, भदौ १९ । मुलुकका राजमार्गमा आपत्कालीन अवस्थामा विमान अवतरण गराउने र उडान गर्नसकिने सरकारको महत्त्वकाङ्क्षी कार्यक्रम अध्ययनमै सीमित भएको छ । यससम्बन्धी अध्ययन प्रतिवेदन सडक विभागको दराजमा थन्किएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको यो कार्यक्रम अध्ययनमै सीमित रहेको हो । अध्ययनले मुलुकका विभिन्न राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान […]

बागमती प्रदेशमा कृषक परिचयपत्र वितरण अलपत्र

बागमती प्रदेशमा कृषि पेशामा आवद्ध नागरिकहरुलाई कृषक परिचयपत्र वितरण हुन सकेको छैन ।  विगतदेखि नै निरन्तर कृषि पेशामा आवद्ध प्रदेशका नागरिकहरुको पहिचान र विकासका लागि भन्दै चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नै लागि उक्त परिचयपत्र वितरण कार्यक्रम समावेश गरिएको थियो ।प्रदेशका १३ जिल्लाका कृषि पेशामा सक्रिय कृषकहरुलाई लक्षित गरी बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएको उक्त कार्यक्रम हालसम्म पनि कार्यान्वयनमा आउन नसकेको हो ।परिचय पत्र वितरणका लागि बागमती प्रदेश सरकारल

स्टार्टअपले आठ वर्षसम्म पाएनन् कर्जा, नीति नै नबनी बजेट घोषणाले कार्यक्रम अलपत्र

०७१ मा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पहिलोपटक बजेटमा ५० करोड ‘सिड मनी’ राखेर स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने घोषणा गरेका थिए, तर अहिलेसम्म पनि यससम्बन्धी नीति बन्न सकेको छैन, कुन निकायबाट सहुलियत...