तनहुँ : जिल्ला सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेंगुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेका वेला डेंगुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन्। बिहीबार इमर्जे