बुटवलमा सम्पन्न नेकपा एमालेको आठौं महाधिवेशन (२०६५ फागुन ७ देखि १४) चलिरहेको समयमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा केपी शर्मा ओलीले भनेका थिए, ‘पुरानै नेतृत्व दोहोरिने भए महाधिवेशन किन गर्नुपर्यो ?’ महाधिवेशनको दौरान त्यो पत्रिका हजारौं प्रति निःशुल्क बाँडिएको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेको लज्जास्पद पराजय भएपछि पार्टीको नेतृत्व गरिरहेका माधव नेपालले महासचिवबाट राजीनामा गरेर झलनाथ खनाल कार्यवाहक बनेका थिए । खनाललाई नै नेतृत्वमा ल्याउने तयारी भएपछि ओलीको उक्त अन्तर्वार्ता च...