‘गठबन्धन सरकारले देशको अर्थतन्त्र थला पार्‍यो’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनसँग कुनै गन्तव्य र लक्ष नै नभएको दाबी गरेका हुन्। मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको पनि उनको आरोप छ। ‘स्वर […]

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।” उपाध्यक्ष पौडेलले कोशी …

अर्थतन्त्र सकारात्मक दिशाउन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् । सरकारले गरेको अर्थतन्त्र सुधारका कार्यको नजिता आउन अझ केही समय लाग्नेसमेत उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्य समितिसँगको...

अर्थतन्त्र सुधार्न सरकारले सकारात्मक हस्तक्षेप गर्छ : उपप्रधानमन्त्री

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन् । उनले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले […]

तत्काल कुनै कदम नचाले अर्थतन्त्र बच्दैन

दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेको मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल कुनै कदम नचाले अर्थतन्त्र नजोगिने चित्ता व्यक्त गरिएको छ । नेपाली कांग्रेसले आयोजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन् । अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने …

अर्थतन्त्र सुधारका लागि सरकारले पूरक बजेट ल्याउनुपर्छ

काठमाडौँ- जनताका दुःख, समस्या र राष्ट्रका आवश्यकता विविध छन्। देशको राजनीतिले त्यतातर्फ ध्यान दिन सकेको देखिँदैन। तथापि नयाँ सरकार बनेपछि राष्ट्र र जनताको समस्या समाधान गर्ला भन्ने अपेक्षा जनताले गर्ने गर्दछन्। के अब  यो नयाँ सरकारले राष्ट्र र जनताको समस्यालाई साँच्चै सम्बोधन गर्ने गरी काम गर्ला त ? बिग्रँदो अर्थतन्त्र सुधार होला ? यी र […]

सरकारले अर्थतन्त्र समस्यामा छैन भनेर जनतालाई गुमराहमा राख्यो– प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताएका छन् । उनले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताएका हुन् ।‘अर्थतन्त्र बिग्रेको छैन । केही समस्या छैन । त्यसैले हामीले केही गर्नुपर्दैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छ,’ उनले भने । यस्तै, युक्रेन संकटका कारण उकालो लागिरहेको इन्धनको मूल्यले देशको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने उनको भनाइ छ । र,यसको प्रभाव सबैतिर परेकाल

अर्थतन्त्र जाेगाउन खाेज्दा सरकारले गभर्नरलाई हटायाे : अध्यक्ष ओली

बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउन प्रयास गरेबापत सरकारले गर्भनरलाई हटाएको भन्दै आक्रोश दोहोर्‍याउनुभएको छ । चुनाव लक्षित कार्यक्रममा बझाङ पुग्नुभएका ओलीले कमिसनखोरी गर्न नदिएबापत सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाउनुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले यसअघि लोकप्रिय काम गरेकाले त्यसकै बलमा चुनावमा विजयी हुने उहाँले दाबी गर्नुभयो । ओलीले अहिलेकाे गठबन्धन स...

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत : पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए […]

अर्थविद् भन्छन्- अर्थतन्त्र सुधारमा उपेक्षा भयाे

२२ चैत, काठमाडौं । अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटमा पर्न लागेको भएपनि सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख रहेको बताएका हुन् । अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रका संकेत राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए । उनले सरकारले अहिलेदेखि नै सजग भएर नीति निर्माण गर्न आवश्यक […]

सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको ओलीको गुनासो

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको गुनासो गरेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गरे । उनले भने, ‘अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन ।’ […]