सरकारले अर्थतन्त्र समस्यामा छैन भनेर जनतालाई गुमराहमा राख्यो– प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताएका छन् । उनले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताएका हुन् ।‘अर्थतन्त्र बिग्रेको छैन । केही समस्या छैन । त्यसैले हामीले केही गर्नुपर्दैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छ,’ उनले भने । यस्तै, युक्रेन संकटका कारण उकालो लागिरहेको इन्धनको मूल्यले देशको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने उनको भनाइ छ । र,यसको प्रभाव सबैतिर परेकाल