बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउन प्रयास गरेबापत सरकारले गर्भनरलाई हटाएको भन्दै आक्रोश दोहोर्याउनुभएको छ । चुनाव लक्षित कार्यक्रममा बझाङ पुग्नुभएका ओलीले कमिसनखोरी गर्न नदिएबापत सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले यसअघि लोकप्रिय काम गरेकाले त्यसकै बलमा चुनावमा विजयी हुने उहाँले दाबी गर्नुभयो । ओलीले अहिलेकाे गठबन्धन स...