दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।
उचित व्यवस्थापन हुन नसकेका मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गरेर प्रतिष्ठानले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताउनु भयो । प्रतिष्ठानले त्यसबाट प्राप्त आम्दानी फोहरमैला व्यवस्थापनमा खर्च गर्ने गरेको छ।
धेरै स्वास्थ्य संस्थाले आफ्नो संस्थामा सेवा प्रवाहका क्रममा निस्केको फोहर व्यवस्थापन नगरेर लुकि...