काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न सुरु गरेको छ।१ लाख ८० हजार थान नमुना मतपत्र छपाइको काम सकिएसँगै आयोगले सोमबारदेखि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने उनले बताए। पौडेलका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पाको हुनेछ भने सबै भन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।सबैभन्दा पहिले मतपत्र दुर्ग