काठमाडौं : ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ सुरु भएको छ। उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो। शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४