सुशन भारीको ह्याट्रिक विकेट, आर्मीको सहज जित

२८ भदौ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्पिनर सुशन भारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । भारीले ह्याट्रिकसहित ५ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ९ विकेटले सहजै हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा घटाइएको खेलमा ९ […]

सम्बन्धित सामग्री

कुवेतविरुद्ध नेपाली बलर सीता रानामगरको ह्याट्रिक विकेट - NepaliPatra

काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् । मलेसियामा बुधबार कुवेतविरुद्ध भएको खेलमा उनले ह्याट्रिक विकेट लिएकी हुन् । रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन् । लगत्तै १२.३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई र १२.४ ओभरमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन […]

कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

न्युजिल्याण्डविरुद्ध आयरल्याण्डका जोश लिटलले लिए ह्याट्रिक विकेट

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भईरहेको आईसीसी टी२० विश्वकपमा क्रिकेटमा आयरल्याण्डका जोश लिटलले न्युजिल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । एडेलेडमा भइरहेको सुपर १२ अन्तर्गत समूह एकको खेलमा लिटलले पहिलो ईनिङ्सको १९ औं ओभरमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन, जिम्मी निसम र मिचेल सान्टनरलाई लगातार बलमा आउट गरे । ओभरको दोस्रो बलमा विलियम्सलाई डिलेनीबाट क्याचआउट गराएका लिटलले […]

त्रिकोणात्मक टी–ट्वान्टीमा नेपाल फाइनल प्रवेश, करण केसीको ह्याट्रिक विकेट

पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ ।दीपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदिल अन्सारीको आक्रामक ब्याटिङ र करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हराएको हो । करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तराष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो नै पहिलो ह्याट्रिक विकेट हो ।सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा पहिलो टी२० अन्तराष्ट्रिय खेल खेलेको नेपालले आज खेलेको यो ५०औं टी२० अन्तराष्ट्रिय खेल हो । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपालले लिगको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ ।२०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । टोनी उराले ४३ र सेस बाउले २५ रन बनाए । करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।यो विकेटसँगै करणले टी२० अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे । तेस्रो ओभरमा कप्तान असद भालाई पनि करणले सोमपाल कामीबाट क्याचआउट गराउँदा पीएनजीले १३ ओभरमा २ विकेट गुमायो ।त्यसपछि चार्ल्स अमिनी र टोनी उराले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । सोमपालले यो साझेदारी तोड्दै दुवैलाई आउट गरे ।सोमपालले १२औं ओभरमा ४३ रन बनाएका उरालाई र १४औं ओभरमा अमिनीलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । अमिनीले ४७ बल खेल्दै ९ चौका प्रहार गरे ।नर्भन भनुवा र सेस बाउले पीएनजीको इनिङ्स सम्हालेका थिए । १८औं ओभरमा अविनाश बोहराले दुवैलाई आउट गरेपछि पीएनजीले १५८ रन बनाउँदा ६ विकेट गुमायो । अविनाशले १७ रन बनाएका भनुवालाई १८औँ ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए भने तेस्रो बलमा बाउलाई बोल्ड गरे ।रिले हेकुरेलाई कप्तान सन्दीप लामिछानेले ७ रनमै करण केसीबाट क्याचआउट आउट गरानए ।अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले अन्तिम ओभरको दोस्रो बलमा २ रन बनाएका चाद सोपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाईलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।त्यसअघि टीयू मैदानमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।चौथो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का हिर्काउँदै सर्वाधिक ६६ रन बनाए । आजकै खेलबाट टी२० अन्तराष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ११ बलमा १ चौका र ३ छक्का हिर्काए । दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग ७६ रनको साझेदारी गरेका थिए ।रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन बनाए । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा यो साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।आसिफ शेख २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाएर आउट भए । तर, त्यसपछि रोहित पौडेल र दीपेन्द्रले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए ।

करण केसीको ह्याट्रिकसहित ५ विकेट

त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए ।

अष्ट्रेलियन बलर नाथन बने डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी

अष्ट्रेलियाका नाथन एलिस टी-ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन्। बंगलादेशको ढाकामा जारी बंगलादेशविरूद्धको तेस्रो टी-ट्वान्टीमा नाथनले ह्याट्रिक विकेट लिदै नयाँ कीर्तिमान बनाएका हुन् ।

६१ वर्षपछि टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकी बलरको ह्याट्रिक

एजेन्सी। दक्षिण अफ्रिकाका बायाँहाते स्पिनर केशव महाराज टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाबाट ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बनेका छन्। सोमबार राती वेस्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको चौथो दिन केशवले ह्याट्रिक विकेट लिएका हुन्। यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर ज्योफ ग्रिफिनले १९६०अर्थात् ६१वर्षअघि इंग्ल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए। महाराजले दोस्रो इनिङको ३७औं तेस्रो, चौथो र पाँचौ बलमा वेष्टइन्डिजका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काएका हुन्।

पीएम कपमा गण्डकीका विशालले लिए ह्याट्रिक विकेट

५ माघ, काठमाडौं । गण्डकी प्रदेशका विशाल पाैडेल चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम) पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा ह्याट्रिक विकेट लिने पहिलाे खेलाडी बनेका छन् । विशालले मुलपानी क्रिकेट मैदानमा भइरहेकाे खेलमा प्रदेश १ विरुद्ध लगातार ३ …

हरिको एकै खेलमा ह्याट्रिक विकेट र शतक रन, रचे इतिहास

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा हरि चौहानले एकै खेलमा ह्याट्रिक विकेट र शतक प्रहार गरेका छन् । हरिले