६१ वर्षपछि टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकी बलरको ह्याट्रिक

एजेन्सी। दक्षिण अफ्रिकाका बायाँहाते स्पिनर केशव महाराज टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाबाट ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बनेका छन्। सोमबार राती वेस्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको चौथो दिन केशवले ह्याट्रिक विकेट लिएका हुन्। यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर ज्योफ ग्रिफिनले १९६०अर्थात् ६१वर्षअघि इंग्ल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए। महाराजले दोस्रो इनिङको ३७औं तेस्रो, चौथो र पाँचौ बलमा वेष्टइन्डिजका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काएका हुन्।

सम्बन्धित सामग्री

टेम्बा बभुमा दक्षिण अफ्रिकी क्रिकेटका पहिलो अश्वेत कप्तान नियुक्त

टेम्बा बभुमा दक्षिण अफ्रिकी क्रिकेट टोलिको अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी अन्तर्राष्ट्रियको कप्तान नियुक्त हुनुभएको छ । उहाँ दक्षिण अफ्रिकी क्रिकेट इतिहासमा कप्तानको एक चक्रका लागि जिम्मेवारी पाउनुहुने पहिलो अश्वेत अफ्रिकी हुनुहुन्छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले गत् बिहीबार डीन एल्गरलाई टेष्ट क्रिकेट टोलिको कप्तान र टेम्बा बभुमालाई अन्तर्राष्ट्रिय एकदिबसीयको कप्तान नियुक्त गरेको छ । बभुमा टेष्ट टोलिको उपकप्तान समेत नियुक्त हुनुभएको छ । बभुमाले दक्षिण अफ्रिकालाई आगामी तीन विश्वकप क्रिकेट प्रतियोगितामा नेतृत्व गर्नुहुनेछ ।