पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।