सर्लाही : सर्लाहीमा एक क्विन्टल बढी लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।आज लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थ केयर अगाडि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरेको हो।पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विश्वकर्मा र गाडीमा सवार मकवानपुर कैलास गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय स