जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुवरका ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ-५ की २१ वर्षीया रुवीकुमारी साह रहेका छन्। उनीहरुलाई आइतबार साँझ क्षिरेश्वरनाथ-५ महेन्द्रनगरको हनुमान चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।ज ३ प ५४९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुमा