फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘अहिल्यकै अवस्थामा मस्को र पेरिसव