युक्रेन संकट अमेरिकी प्रभुत्वको चेष्टाबाट सृजित तनाव हो । हरेक अमेरिकी राष्ट्रपतिले सानोतिनो युद्धको स्वाद लिनुपर्छ । आफूले मन नपराएका मुलुकलाई आर्थिक प्रतिबन्धको कठघरामा उभ्याएर मज्जा लिनुपर्छ ।
अमेरिकी सेना, हतियार, द्वन्द्वविज्ञ तथा विश्लेषक र मिडियालाई युद्धमै होमेर रोजगारी सृजना गर्ने अमेरिकी प्रचलन नै हो भन्ने छाप विश्वव्यापी बन्दै गएको छ । वास्तवमा अमेरिकाले आफूप्रति बन्दै गएको यस्तो अलोकप्रिय एवं आक्रमणकारी छापलाई हटाउन शान्ति र स्थायित्वको नयाँ फर्मुला अघि सार्नुपर्ने हो तर आर्थिक प्रतिबन्धको मज्जा लिन नसक्ने र ...