काठमाडमौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ ।
कम्पनीको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको रू.४० करोड बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हो ।
उक्त ऋणपत्रको समयावधि समाप्त भएसँगै सम्बन्धित ऋणपत्रधनीहरूलाई साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठरूपमा भुक्तानी गर्न शुरु गरेको । बैंकका अनुसार माघ २१ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट उक्त रकम भुक्तानी गर्न शुरु गरेको जानकारी दिएको छ । ऋणपत्रधनीहरूले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रसँगै ब्याज भुक्तानी पुर्जाहरूको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकको भनाइ छ ।