बाजुरा जिल्लाको बढीगंगा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।
आइतबार स्थानीयले कार्यालयबाट प्रदान गरिने सेवा सविधा पालिकाले करिब पाँच महिनासम्म अवरोध गरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।
कात्तिक महिनादेखि हालसम्म कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रदान नगरेको र जसका कारण नागरिकलाई पर्न गएको समस्यालाई करिब ४/५ महिनासम्म पनि कुनै वास्ता नभएपछि स्थानीयले बाध्य भएर तालाबन्दी गर्नुपरेको टिका थापाले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतविहीन पालिका बनेको करिब तीन महिना पुगेको छ, आर्थिक कार...