भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायी र अन्य सरोकारवालाले अपेक्षा गरेका छन् । मोदीको भ्रमणपछि भारतीय पर्यटकको आवागमन बढ्ने सक्ने भएकाले उनीहरूलाई जतिसक्दो बढी समय लुम्बिनीमा अड्याउने उपाय अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।