काठमाण्डाै – आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै 'तिमीलाई पनि, मलाई पनि' नामक अफर सार्वजनिक गरेको छ ।
यही चैत २९ देखि आउँदाे भदाै २६ गतेसम्म चल्ने याे अफरमा ग्राहकले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउनेछन् । पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली ...