पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियनको आग्रह

नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनले आग्रह गरेको छ। धुलीखेलमा बसेको प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो आग्रह गरेको हो।

सम्बन्धित सामग्री

प्रेस युनियन सुनसरीले प्रदान गर्‍यो पत्रकार क्षेत्रीलाई बीमावापतको एक लाख

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले सवारी दुर्घटनामा परेका पत्रकार मित्र क्षेत्रीलाई बीमावापतको एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेको छ । प्रेस चौतारी नेपाल दुहबीका नगर संयोजक समेत रहेको क्षेत्रीलाई शुक्रबार उनको घरमै पुगेर युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश […]

प्रेस सेनानी पत्रकार पोखरेलको निधन

बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत थिए। बुटवलबाट प्रकाशित हुँदै आएको टवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहेका पोखरेल लामो समयदेखि मधुमेह र उच्च […]

सदस्यता वितरणमा कडाइ गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् । नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट गरे । कुनै दलको केन्द्रिय कमिटीमा

गृह मन्त्रालयको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ – गृह मन्त्रालयले माघ १३ गते जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो। व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्नेजस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघको […]

पत्रकार एलबी विश्वकर्माको निधनबारे छानबिन गर्न प्रेस काउन्सिलको माग

पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।

प्रेस काउन्सिलका अध्यक्षसहित तीन पत्रकार सम्मानित

दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा रहेका छन् । दोलखामा जन्म भई पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा गर्नुभएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले सम्मान गरेको

प्रेस चौतारीद्वारा पत्रकार महासङ्घ कास्कीमा तालाबन्दी

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार रञ्जन अधिकारीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै शनिबार प्रेस चौतारीले तालाबन्दी गरेको छ ।खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष एवम् पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य समेत रहेका अधिकारीले लेखेको समाचारको विषयलाई लिएर तीन दिनदेखि बारम्बार धम्की आएको थियो । पत्रकार अधिकारीलाई नवलपरासी घर भई पोखरा–११ बस्दै आएका श्र

उज्यालो नेटवर्कका पत्रकार पक्राउमा प्रेस काउन्सिलको आपत्ति

प्रहरीले समाचार प्रकाशन गरेकै कारण पत्रकार लाई पक्राउ गरेपछि प्रेस काउन्सिलले नेपालले आपत्ति जनाको छ ।  सोमबार प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै प्रेस पत्रकारमाथिको धरपकड स्वतन्त्रता विरोधी गतिविधि गरिनु संविधान  र कानुन विपरीत भएको जनाएको छ । यस्तै काउन्सिलले अदालतको आदेश पालना गर्न पनि आग्रह गरेको  छ ।अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश  विपरीत प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार महासंघ प्रदेश–२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन  विजयी

नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् । प्रदेश  निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कांग्रेस सम्बद्ध प्रेस युनियन र माओवादी...