२०३७ सालमा बन्गाडकुपिन्डे नगरपालिका–५ लाखरमा स्थापना भएको सरस्वती आधारभूत विद्यालयका ५ भवन छन् । जसमध्ये ४ भवनको अवस्था जीर्ण छ । तर विद्यार्थी भने जोखिम मोलेरै पठनपाठन गर्न बाध्य छन् । २०४३ सालमा स्थापना भएको बन्गाडकुपिन्डेमै रहेको भैरवी आधारभूत विद्यालयका २ भवनमा पनि वर्षायाममा पानी चुहिन्छ । गत वर्ष एउटा भवनको छाना हावाहुरीले उडाएको थियो । तर अझै मर्मत भएको छैन । जसका कारण बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।