दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दालाई दीपावली र छठ पर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व खास अवसरसमेत बन्ने गरेका हुन् । किसानका घर करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्म