काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि दाताको शरीरबाट मिर्गौला झिकिसकेपछि चिकित्सकले प्रत्यारोपण नगरी छाडेर हिँडेको घटनामा अस्पतालले छानबिन समिति गठन गरेको छ।प्रत्यारोपण गर्न दाताको शरीरबाट झिकिएको मिर्गौला बिरामीको शरीरमा प्रत्यारोपण नगरी शल्यक्रियामा सहभागी डाक्टर हिँडेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको अस्पतालका निमित्त निर्देशक प्राडा भूपेन्द्रकुमार बस्नेतले बताए।छानबिन सम