बागमती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, मुख्यमन्त्री बन्ने

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन्।

सम्बन्धित सामग्री

बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार, एकीकृत समाजवादी सत्तामा

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी

बागमती प्रदेश : अल्पमतको सरकारलाई लम्ब्याउने एमालेको प्रयास

नेकपा एमाले विश्वासको मत सम्बन्धी प्रस्ताव टार्ने प्रयास थालेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्र पठाएको हो ।नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको हो । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्

बागमती प्रदेश नेतृत्वमा कांग्रेसभित्रै मतभेद

हेटाै‌ंडा : बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसभित्रै मतभेद देखिएको छ। आलोपालो प्रणालीमा कांग्रेसले प्रदेश सरकारकाे नेतृत्व गर्ने चर्चा भएसँगै कांग्रेसभित्रै मतभेद देखिएको हो। मुख्यमन्त्री कुन दलले पाउने भन्ने नटुंगिदा सरकारविरुद्ध जान नसकिरहेका वेला यसले अन्योल बढेको छ। प्रदेश सरकार अल्पमतमा परेको तीन साता बित्दा पनि मुख्यमन्त्री कुन दलले पाउने भन्ने ट‌ुंगाे लागिसकेकाे छैन । एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी

पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको  शपथग्रहण  गरेको  एक  सातामा  नै  प्रदेशका  सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।  मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए ।  मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् ।&nbs

दुई सांसदले मात्र छाडे पनि गर्ल्याम्म ढल्छ बागमती सरकार

हेटौंडा : नेकपा एमालेमा बुधबार दुई वटा ट्विस्ट आए। एउटा नेपालकै ठूलो दल एमाले फुटेर नेकपा एमाले समाजवादी गठन हुनु र अर्को उसको बागमती प्रदेश सरकारमा नेतृत्व फेरिएर एकता हुनु।सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले दुई चिरा हुने सहज अनुमान सबैले गरे पनि बागमती प्रदेशमा एकता हुनु एमाले नेताहरूका लागि पनि अप्रत्यासित थियो। केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल जस्तै एकअर्काका विरोधी रहेका अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्री डोरमणि पौ

शाक्य बनिन् नेपालकै पहिलो महिला मुख्यमन्त्री

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका हुन्। बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको […]

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश सांसद अरुण नेपालले...

एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण

हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

बादललाई भोट नदिने एमालेका १४ सांसदलाई स्पष्टीकरण सोधियो

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए।उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सि

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा :अष्टलक्ष्मी शाक्य

नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरिन् । नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने […]