किताबकापी बोकेर स्कुल जानुपर्ने बेला सिरहा मिर्चैयाकी १३ वर्षीया गरिमा राय हातमा प्लेकार्ड बोकेर पैदलै काठमाण्डौ आउनुभएको छ । आफूसँगै आएका अरु पीडितसँगै अँध्यारो मुख लगाएर काठमाण्डौमा दिन बिताउँदै हुनुहुन्छ । भेट्न आउने राजनीतिक नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजका अगुवासँग प्रश्न गर्नुहुन्छ : मिटरब्याज पीडितका नाममा हामीजस्ता निर्दोष, अबाेध र स्कुले बालबालिकाले कहिलेसम्म अन्याय भोग्ने ? आफूलाई थाहा नभएको, गर्दै नगरेको कर्मको फल भोग्दै कहिलेसम्म भविष्य अन्धकार बनाउने ? यी र यस्ता प्रश्न मिटरब्याज पीडितलाई भेट्न आउने ...