आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने भएको छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि सरकारले फुटपाथको विस्तार गर्ने योजना लिएको हो ।यस्तै, काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमार्फत उपत्यकामा एकीकृत यातायातको व्यवस्था गर्ने योजना समेत सरकारले बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाइने बताएकी हुन् ।
१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा झण्डै दुई महिनापछि मंगलबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएको छ । यसरी सवारी साधन चलाउँदा स्वीकृत सिट संख्याभरि मात्र यात्रु बस्न पाउँछन् । तर सार्वजनिक […]
काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ।
सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर र सातदोबाटोतिर यातायातका…
काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि लागू उपत्यकाव्यापी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात दुई महिनापछि खुलेका हुन्। तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको हिजो सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्ने नीतिअनुसार जोरबिजोर प्रणालीमा यातायात खुलेका हुन्।
कोरोना महामारीका कारण लामो समयदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ । सोमबारदेखि उपत्यकामा जोरबिजोरको आधारमा २५ सिटमाथिको सार्वजनिक यातायात र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन भएको हो । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सवारी साधन जोर बिजोर प्रणा
काठमाडौं। काठमाडौं उपत्यकामा भोलि देखि २५ सीट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायाता खुला गर्ने निर्णय गरे पनि लामो दूरीका सार्वजनिक यातायात भने अझै एक साता नचल्ने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरले भोलि देखि लागू हुने गरी थप गरेको एक साता निषेधाज्ञामा लामो दुरीका सार्वजनिक यातायात चलाउन नपाउने उल्लेख गरेका छन्।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ ।
राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।
भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने समेत तयारी भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए ।
यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो ।
सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको छ ।
निजी सवारी जस्तै सार्वजन...
काठमाडौं, १३ असार । सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा […]
कठमाडौं, १३ असार । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अझै नहटाउने भएको छ । कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा नहटाउने भएको हो । आज बस्ने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले यस्तो निर्णय गर्ने बुझिएको छ । बैठकले यस यघिको निर्णयलाई कायम राख्दै सार्वजनिक यातायात नखुलाउने भएको हो । सरकारले काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस […]
नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोनाभाइरस) महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकाका सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको उपत्यकाका तिनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो । जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र