बीपी प्रतिष्ठानमा ऐनविपरित १६ करोडको ठेक्का स्वीकृत

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले सार्वजनिक खरिद ऐनविपरीत आईसीयू भेन्टिलेटर खरिदका लागि ठेक्का स्वीकृत गरेका छन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राडा. गुरु खनाल र अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहले १५ करोड ८४ लाख २१ हजार २ सय रुपैयाँको ३० थान आईसीयू भेन्टिलेटर खरिद गर्ने ठेक्का सुनसरीको इटहरीस्थित एमबी मेडिटेक प्रालिलाई दिएका हुन् ।

सम्बन्धित सामग्री

टेन्डरको १४ महिनापछि सिटी स्क्यान

टेन्डरपछि आपूर्ति ठेक्का पाएको १४ महिनामा बल्ल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन आएको छ । जडान हुन भने अझै बाँकी नै छ । सिटी स्क्यान मेसिन आपूर्ति गर्ने ठेक्का पाएलगत्तै काडमाडौंका म्याक्स मेडिटेक कम्पनीका सञ्चालक जीवन उप्रेतीले २०७७ भदौमा कुल बजेटको ५० प्रतिशत (८ करोड रुपैयाँ) अग्रिम भुक्तानी लिइसकेका थिए ।

बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती

आउँदा दुई वर्षभित्र पनि पाठ्यक्रम पुनरावलोकन नभए सन् २०२३ देखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र पढेका विद्यार्थीले युरोप र अमेरिकामा थप उच्च शिक्षा पढ्न अनुमति पाउन निकै मुस्किल छ । किनभने राजनीतिक नियुक्तिको किचलो, पटकपटक खरिद ठेक्का र कमिसन प्रकरणमा मुछिएका पदाधिकारीले प्रतिष्ठानको शैक्षिक कार्यक्रम ‘ग्लोबल स्ट्यान्डर’ मा अद्यावधिक गर्न ध्यान नदिएको वर्षौं भएको छ ।

८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन आपूर्ति गर्ने ठेक्का पाएका काठमाडौंको म्याक्स मेडिटेक कम्पनीले गत भदौमा कुल लागतको ५० प्रतिशत हुने ८ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।

बीपीमा बेथिति :‘रिएजेन्ट’ अभावमा रिपोर्ट दिन बन्द

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइग्नोटेक सपोर्ट प्राइभेट लिमिटेडले बदमासी गरेको पाइएको छ । ९ वर्षदेखि विभिन्न ल्याब परीक्षणका लागि ‘रिएजेन्ट’ आपूर्ति गर्ने ठेक्का पाएको डाइग्नोटेकले तीन महिनादेखि त्यसको आपूर्ति नगर्दा प्रतिष्ठानलाई दैनिक १० लाख रुपैयाँभन्दा बढी घाटा भइरहेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नागरिक आन्दोलन समूहको नेतृत्वमा भएको सो प्रदर्शनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध समेत चर्को विरोध गरिएको छ ।बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्का लगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै प्रदर्शनकारीहरूले त्यसको छानविन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरूले प्रतिष्ठान डुबाएर आफ्नो जीवन उकास्ने