टेन्डरपछि आपूर्ति ठेक्का पाएको १४ महिनामा बल्ल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन आएको छ । जडान हुन भने अझै बाँकी नै छ । सिटी स्क्यान मेसिन आपूर्ति गर्ने ठेक्का पाएलगत्तै काडमाडौंका म्याक्स मेडिटेक कम्पनीका सञ्चालक जीवन उप्रेतीले २०७७ भदौमा कुल बजेटको ५० प्रतिशत (८ करोड रुपैयाँ) अग्रिम भुक्तानी लिइसकेका थिए ।