बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती

आउँदा दुई वर्षभित्र पनि पाठ्यक्रम पुनरावलोकन नभए सन् २०२३ देखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र पढेका विद्यार्थीले युरोप र अमेरिकामा थप उच्च शिक्षा पढ्न अनुमति पाउन निकै मुस्किल छ । किनभने राजनीतिक नियुक्तिको किचलो, पटकपटक खरिद ठेक्का र कमिसन प्रकरणमा मुछिएका पदाधिकारीले प्रतिष्ठानको शैक्षिक कार्यक्रम ‘ग्लोबल स्ट्यान्डर’ मा अद्यावधिक गर्न ध्यान नदिएको वर्षौं भएको छ ।