सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइग्नोटेक सपोर्ट प्राइभेट लिमिटेडले बदमासी गरेको पाइएको छ । ९ वर्षदेखि विभिन्न ल्याब परीक्षणका लागि ‘रिएजेन्ट’ आपूर्ति गर्ने ठेक्का पाएको डाइग्नोटेकले तीन महिनादेखि त्यसको आपूर्ति नगर्दा प्रतिष्ठानलाई दैनिक १० लाख रुपैयाँभन्दा बढी घाटा भइरहेको छ ।