एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ (७/२) ले जितिन् ।