योगदानमा आधारित सामाजिक सुरक्षा कोषको शुरूआत भएको ३ वर्ष पूरा भएपनि कोषले आफूलाई कानूनले दिएको अधिकार समेत प्रयोग गर्न नसक्दा न्यून संख्यामा मात्र रोजगारदाता आबद्ध भएका छन् ।
शुरूमा साढे ७ महिनाको समय दिएर कोषमा आबद्ध हुन र योगदान शुरू गर्न निर्देशन दिए पनि हालसम्म कोषमा योगदानकर्ताको उपस्थिति जम्मा ३ लाख मात्रै छ ।
२५ पुससम्मको तथ्यांकअनुसार कोषमा १६ हजार २३४ रोजगारदातामार्फत ३ लाख ४ हजार २४१ योगदानकर्ता आबद्ध भएका छन् । यी योगदानकर्ताबाट ११ अर्ब ८७ करोड रुपैयाँ संकलन समेत भएको सामाजिक सुरक्षा कोषको त...