नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संसदले पठाएको विधेयक राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउन मिल्ने भए पनि दोस्रो पटक प्रमाणीकरण गर्नुको विकल्प नहुँदा पनि रोकेर असवैधानिक काम गरेको आरोप लगाए । विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानमाथि कू गरेको यादवको आरोप छ । राष्ट्रपतिले संविधान र व्यवस्थालाई नै उल्ट्याउन खोजेको समेत आरोप लगाए । राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको व्यवस्था असफल बनाएर अर्को कुन व्यवस्था ल्याउन खोजेको हो भनेर यादवले प्रश्न समेत गरे । तर कुनै पनि