काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिल...