नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन् । युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए । ‘हरेक समस्यामा संकट मोचनको भूमिका माओवादीले खेल्नुपरेको छ । शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो । संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर