पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शुक्रबार नर्भिक अस्पताल पुगेका छन् । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् ।नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका थिए । उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका