पचासको दशकदेखि भूमिगत सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका एक बहुरुपी पात्र हुन् पुष्पकमल दाहाल प्रचण्ड । सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा उनी र उनको पार्टीको महत्वपूर्ण भूमिका रहेकोमा भने विवाद छैन । अचम्म के छ भने, उनै ‘क्रान्तिकारी’ सुप्रिमो प्रचण्ड अहिले संसदीय राजनीतिका सर्वाधिक पारङ्गगत खेलाडी बन्न पुगेका छन् […]