काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कसैको पनि घेरामा निरीह भएर नबस्ने बताएका छन्।सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री निरीह भएर बस्ने कुरा संविधानले नै परिकल्पना नगरेको बताए। ‘मैले शपथ लिएर पदभार सम्हाल्दै गर्दा कतिपयले प्रधानमन्त्री घेराबन्दीमा परेर काम गर्न नसक्ने हो कि भनेर शंका गरेको पनि पाएँ’, उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति संकेत गर्दै प्रचण्डले भने, ‘संविधानले परिकल्पना गरेक