मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवको दाबी पेश, ६३ सांसदहरुको समर्थन

काठमाडौं, २७ पुष । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यादवलाई ६३ जना सांसदहरुको समर्थन रहेको छ । यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा केन्द्रीय सत्ता साझेदार दलहरुको साथ रहेको थियो । मधेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थन सहित बुधवार साँझ दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियूक्ति भएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी दाबी पेश गर्दै

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका छन् । दाबी पेश गर्न बुधबार अपरान्ह ४ बजे सम्मको समय दिइएको छ ।  गिरीले एमालेसहितका दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन् । हिजो नै गिरीले दाबी पेश गर्ने तयारी गरे पनि […]

लुम्बिनीः मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन, भोलिसम्मको समय

दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा मंगलबार पेश गर्ने भनिएको बहुमत सदस्यको दाबी पेश हुन सकेन। एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गर्ने तयारी थियो। तर, सत्तारूढ दलका शीर्ष नेतृत्व तथा संसदीय दलका नेता नै उपस्थिति हुन नसकेपछि दाबी पेश हुन नसकेको हो। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अघि नै […]

मधेशका मुख्यमन्त्रीमा दाबी पेश गर्दै जसपा

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले आज मंगलबार मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका छन्।जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवले आज मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरिरहेको मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताए।प्रदेश अध्यक्ष यादवका अनुसार सत्तासाझेदार दलहरूसहित ६५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेको बताए।प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए तर त्यसको दुई दि

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकटेल नियुक्त

हेटौडा, २५ पुष । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेश गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ११० सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ५६ सांसदको समर्थन आवश्य पर्छ । नवनियुक्त […]

शालिकराम जम्मरकट्टेलले गरे बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे छ। ७० प्रदेशसभा सदस्यको समर्थनसहित उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे हाे । उहाँलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ । […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

हेटौंडा– बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ–१ को क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न ला...

बागमती प्रदेशको मुख्यमन्त्रीमा भोलि ३ बजेसम्म दाबी पेश गर्न आह्वान

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत