मुख्यमन्त्रीमा दाबी पेश गरेपछि केदार कार्कीले भने: मध्यावधि रोक्न यो कदम चाल्नुपर्‍यो

काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि आफूले उक्त कदम चालेको दाबी गरेका छन् । बिहीबार सत्ता गठबन्धनको निर्णयलाई लत्याउँदै कांग्रेसका ८ सहित एमालेका ४० सांसद्को समर्थमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कार्कीले यस्तो बताएका हुन् । […]