जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् ।बाल विकास शिक्षक तथा कर्मचारीहरुले जनकपुरधामको जनक चोकबाट निकालेको –याली नगर परिक्रमा गर्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेको थियो । शिक्षकका प्रतिनिधिले उपमहानगरपाल