रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । यादवले सात हजार ८२४ तथा […]

सम्बन्धित सामग्री

राप्रपा जनसम्पर्क विभाग प्रमुखमा शाही मनोनित

काठमाडौं, ९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसम्पर्क विभाग प्रमुखमा भीमबहादुर शाहीलाई मनोनित गरेको छ । केन्द्रीय सदस्य समेत रहेका शाहीलाई अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको जनसम्पर्क विभाग प्रमुखमा मनोनयन गरेका हुन् । पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्नु हुनेछ भन्ने मनोनित पत्रमा उल्लेख गरिएको छ । शाहीलाई जनसम्पर्क विभाग प्रमुखमा […]

अभिषेक राप्रपा नेपालको खेलकुद विभाग प्रमुख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ ।  सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्य समेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् । ‘राप्रपा नेपालको विधान बमोजिम तपाईलाई खेलकुद विभागको प्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । अभिषेक थापा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाका छोरासमेत हुन् । ‘आफूलाई दिइएको जिम्मेवारी सक्रिय एवं इमान

राप्रपा नेपालको खेलकुद विभाग प्रमुखमा अभिषेक थापा

काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् । ‘राप्रपा नपालको विधानबमोजिम तपाईलाई खेलकुद विभागको प्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । अभिषेक थापा अखिल नेपाल फुटबल […]

राप्रपा महिला विभाग प्रमुखमा शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाही महिला विभाग प्रमुख चयन भएकी छिन्।प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई महिला विभाग प्रमुखमा मनोनयन गरेका हुन्। यस्तै उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभाग , केन्द्रीय सदस्य राजेश गिरीलाई शिक्षा विभाग र ज्वाला संग्रौलालाई सामाजिक विभागको प्रमुख बनाइएको छ।विभिन्न जिल्लामा देखिएका विवाद समाधान गर्न निरञ्जन थापाको संयोजकत्वमा गठित विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइ

राप्रपा संगठन विभाग प्रमुखमा महामन्त्री राणा

२४ जेठ, काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् । त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद […]

शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएका छन्। शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएकी हुन्। एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहेका हुन्। विसं २०७४ को […]

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभएको छ । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभयो । …

पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा विजयी

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा नेकपा एमालेका धनपद यादव नगर प्रमुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नरेन्द्र कुमार गुप्तालाई हराउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन्।निवर्तमान नगरप्रमुख समेत रहेका गुप्तालाई १ हजार ५ सय ३८ मतले जितेका यादवकाे ७ हजार ७ सय २९ मत रहेकाे छ। गुप्ताले ६ हजार १ सय ९१ मत मात्र ल्याउन सके। त्यस्तै उपप्रमुखमा राप्रपाकी सम्झना चाैधरी विजयी भएकी छन्। एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मतान्तरले हराउँदै चाैधरी उप प्रमुखमा निर्वा

रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गरे । गुप्ता निवर्तमान नगर प्रमुख हुन् । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा का

राप्रपा नेपालले गठन गर्यो १० विभाग

काठमाडौं : राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ। बुधबार अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको पदाधिकारी बैठकले पदाधिकारी र केन्द्रीय नेताको नेतृत्वमा विभाग गठन गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष थापा आफैं रहेका छन्। त्यस्तै आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा.विष्णु भण्डारी र सचिवालय प्रमुखमा महामन्त्री भाष्कर भद्रा रहेका छन् । महामन्त्री सुशील कुमार श्रेष्ठलाई प्रशिक्षण तथा स्थानीय निकाय विभाग, महामन्त्