महिला क्रिकेट टोलीले आज कतारसँग तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । खेल दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे हुनेछ । नेपाल आज श्रृङ्खला क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको श्रृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । नेपालले पहिलो खेलमा अस्ति कतारलाई १ सय १९ रनले हराएको थियो भने हिजो ६१ रनले पराजित गरेको थियो । आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० श्रृङ्खला खेलिरह...

सम्बन्धित सामग्री

नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो

टी–२० सिरिजको अन्तिम खेलमा नेपाल र केन्या खेल्दै, सिरिज जित्ने लक्ष्य

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ तथा अन्तिम खेल आज केन्यासँग खेल्दैछ ।

केन्याविरुद्ध तेस्राे खेल खेल्दै नेपाल, दोस्रो जितको खोजी

नेपालले आज (आइतबार) केन्याविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेल खेल्दैछ ।

नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि

काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो। पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। ३८ बलको […]

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने  पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ ।

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा

काठमाडौँ– नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक […]

चारदेशीय टी–२० क्रिकेट श्रृंखलाः युएईले आयरल्याण्डलाई हरायो

काठमाडौँ – चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा संयुक्त अरब इमिरेटस् (यूएई) ले लगातार दोस्रो जित हात पारेको छ। आइतबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले आयरल्यान्डलाई १३ रनले पराजित गरेको हो। १७८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रनमा समेटियो। आयरल्यान्डका कप्तान एन्डे बालबेर्नीले ४२, गारेथ डानिले र कर्टिस जाम्परले […]

कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालको कब्जामा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज कब्जा गरेको छ । पहिलो र दोस्रो खेल जित्दै नेपालले तीन खेलको सिरिज कब्जा गरेको हो ।  बुधबार भएको दोस्रो...

भारतले श्रीलंकामा तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

एजेन्सी। भारतीय क्रिकेट टिमले श्रीलंकामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने बताए। श्रीलंका भ्रमणमा भारतले दोस्रो रोजाईको टिम खेलाउने सम्भावना छ। किनकि साउथह्याम्पटनमा हुने न्युजिल्यान्डविरुद्धको टेष्ट च्याम्पियनसिप फाइनल र इङ्ल्यान्डविरुद्ध पाँच खेलको टेष्ट शृंखलाका लागि विराट कोहली नेतृत्वको टिम जुनको सुरुमै इङ्ल्यान्ड जानेछ।